शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार समूह चरणबाटै बाहिरियो

शुक्रबार, ०९ मङ्सिर २०७९, २३ : ४७
शुक्रबार, ०९ मङ्सिर २०७९

कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । 

विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिने कतार पहिलो आयोजक राष्ट्र पनि बनेको छ । सन् १९३० देखि हालसम्म विश्वकपमा आयोजक राष्ट्रले कम्तिमा समूह चरण पार गरेका छन् । समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरले दुई खेलबाट ४–४ अंक जोडेका छन् । 

सबै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा कतार अंकविहीन छ । कालिफा अन्तर्राष्ट्रिय रंगशालमा खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । इक्वेडरका लागि खेलको ४९औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप