शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फ एमालेले १५ लाख मत कटाउँदा अन्य दलले कति पाए ?

शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : ००
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले १५ लाख मत कटाएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १५ लाख १५ हजार ७७७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।

यस्तै, नेपाली कांग्रेस १४ लाख ४० हजार ७०६ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । यो पार्टीले अहिलेसम्म समानुपातिकतर्फ ६ लाख ७५ हजार ४५२ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ६ लाख ४१ हजार १९१ मत पाएको छ भने पाँचौं स्थानमा रहेको राप्रपाले ३ लाख ४१ हजार ६१३ मत प्राप्त गरेको छ ।

जसपा नेपाल भने एक लाख ८१ हजार १७४ मतसहित छैटौं स्थानमा छ । यस्तै, नेकपा एकीकृत समाजवादी एक लाख २६ हजार ७६१ मतसहित सातौं स्थानमा छ भने नागरिक उन्मुक्ति पार्टी एक लाख २२ हजार ६३६ मतसहित आठौं, जनमत पार्टी एक लाख १६ हजार १७८ मतसहित नवौं र लोसपा नेपाल ७४ हजार २६७ मतसहित दसौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप