चुनाव हारे पनि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्छु : डीना उपाध्याय
मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले चुनाव हारे पनि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न उद्दत रहेको बताएकी छिन् ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचनमा आम मतदाताको मन जितेर पनि मतले हारेको भन्दै जनताको साथमै रहने बताएकी छिन् । उनले निर्वाचनमा प्राविधिक त्रुटीका कारण हार्नुपरेको बताइन् । डिनाले निर्वाचनमा मत र मनले नभई प्राविधिक त्रुटिका कारण हार व्यहोर्न बाध्य भएको र त्यस बारेमा गम्भीर रुपमा समीक्षा गरिने बताइन् ।
चुनावमा सहभागी हुँदा जीत सुनिश्चित भएकै अवस्थामा होमिएको र केही त्रुटिका कारण चुनावमा पराजित हुन बाध्य भएको उनको भनाई छ । हरेक पार्टीमा घात–अन्तरघात र सन्तुष्ट–असन्तुष्ट भइरहने बताउँदै उनले यस बारेमा पनि समीक्षा गर्ने बताइन् । चुनावी अभियानका क्रममा मतदाताहरूले भनेका कुरा, मतदाताहरूको सपना र जिल्लाको विकासका लागि निरन्तर लागिपर्ने उनले प्रतिवद्धता जनाइन् ।
मतदाताहरुको उत्साह र मायालाई निर्वाचन पराजित भएपनि निराशामा परिणत हुन नदिने उनको भनाई थियो । त्यस्तै गठबन्धनकै तर्फबाट बागमती प्रदेशसभा सदस्यको उम्मेदवार बनेर पराजित भएका कांग्रेसका नेता आनन्दराम पराजुलीले जनताको मतको सदैव सम्मान गर्ने बताए ।
‘निर्वाचित हुने सबैजनालाई बधाई छ,’ उनेल भने, ‘प्राविधिक कारण हामीले हार व्यहोरेका छौं । हारेपनि हामी आम मतदाताबाट कहिल्यै टाढा हुनेछैनौँ’, उनले भने, ‘मतदातालाई धन्यवाद व्यक्त गर्न सबैको घरदैलोमा आउनेछौं ।’ माननीय भएर कलम चलाउन नपाएपनि सेवा गर्ने हातहरू नरोकिने पराजुलीको भनाई थियो ।
‘होला जनप्रतिनिधि हुँदा धेरै काम गर्न सकिन्थ्यो । जनप्रतिनिधि नहुँदा पनि सकेको काम गर्नेछौँ । तपाईँको मतको कहिल्यै अपमान गर्ने छैनौं । तपाइको शिर झुक्ने काम कहिल्यै गर्नेछैनौं’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा