शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन– ३ मा राप्रपाका पाण्डेको अग्रता कायमै

शुक्रबार, ०९ मङ्सिर २०७९, २२ : ०३
शुक्रबार, ०९ मङ्सिर २०७९

चितवन क्षेत्र नम्बर ३ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ९० हजार ७१४ मत गणना गर्दा राप्रपाका विक्रम पाण्डे जित नजिक पुगेका छन् । पाण्डेले ३३ हजार ७३७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ४५० मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७२२ मत प्राप्त गरेकी छन् । अर्का स्वतन्त्र (माछा चिन्ह)का उम्मेदवार दिनेश कोइरालाले ११ हजार ७११ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप