बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

र्‍यापर कान्ये सन् २०२४ को राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा

शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ३९
शुक्रबार, ०९ मङ्सिर २०७९

र्‍यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न स्क्यान्डल र विवादमा घेरिएका कान्येले सामाजिक सञ्जालमार्फत निर्वाचन अभियान घोषणा गरेका हुन् ।

केही समयअघि मात्र कानुनी रुपमा आफ्नो नाम ‘ये’ मा परिवर्तन गरेका कान्येले सामाजिक सञ्जालमा ये २४ नामक अभियानको लोगो सार्वजनिक गरेका छन् । उनले डोनाल्ड ट्रम्प आफ्नो अभियानमा सहयात्री हुने पनि दाबी गरे ।

कान्ये सन् २०२० को राष्ट्रपति निर्वाचनमा लडेका थिए । तर उनको अभियानले मात्र ७० हजार मत बटुल्दै फ्लप बन्न पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप