मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बाजुरा घटना : अनेरास्ववियुका नेता चेतनको हत्या आरोपमा दुईजना पक्राउ

शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ३६
शुक्रबार, ०९ मङ्सिर २०७९

बाजुराको त्रिवेणी नगरपालिका–७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि कांग्रेसका कार्यकर्ताले कुटेर ऐडीको हत्या गरेको एमालेका स्थायी समिति सदस्य कर्ण थापाले दाबी गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ घर भएका २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।

त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रूपमा बाजपानी र घरमा कुटपिट भएको थियो । कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटा स्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतना एमालेको तर्फबाट मतदान प्रतिनिधि खटिएका थिए । निर्वाचनकै दिन  झडपको क्रममा एकजना प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो । सहमति नहुँदा मृतक दुवैको शव आफन्तले जिम्मा लिएका छैनन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप