इटहरी इन्टरनेसनल कलेजद्वारा २१ विद्यार्थीलाई छात्रवृत्ति
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ४५
इटहरी इन्टरनेसनल कलेजले २१ विद्यार्थीहरूलाई सन् २०२२ को एएए छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १००% ट्यूशन शुल्क माफ गरिएको छ । यस छात्रवृत्ति कार्यक्रमको लागि कूल कूल १३६ जना विद्यार्थीले आवेदन दिएका थिए । छात्रवृत्तिको कूल रकम लगभग २८ लाख रुपैयाँको रहेको छ ।
कलेज परिवार र सम्बन्धित विद्यार्थीका अभिभावकको उपस्थितिमा छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कृत विद्यार्थीलाई कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. दक्षता राणा शाहले धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज