प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ अघि बढ्छु : चौधरी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताएका छन् । बर्दघाटमा आज आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताए ।
जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उनको भनाइ थियो । “चुनावको समयमा मतदातासँग गरेको प्रतिवद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिवद्धतालाई केवल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन दिन्न”, चौधरीले भने– “जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिवद्धता व्यक्त गर्छु ।”
मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिई नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उनको भनाइ थियो । “यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला : प्रमुख निर्वाचन आयुक्त
-
निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बाख्रा र हाँसको चल्ला वितरण
-
चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेन : कृषिमन्त्री साह
-
इलाम र बझाङमा किन भयो कम मतदान ?
-
जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन: अध्यक्ष साह
-
‘नेतृत्व अहङ्कारी र व्यक्तिवादी हुँदा आन्दोलनलाई नै धक्का पुग्यो’