शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आफूसँग पराजित शंकर पोखरेललाई भेट्न पुगिन् रेखा

शुक्रबार, ०९ मङ्सिर २०७९, २० : १९
शुक्रबार, ०९ मङ्सिर २०७९

दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी माओवादी केन्द्रकी रेखा शर्मा आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका शंकर पोखरेललाई भेट्न पुगेकी छन् । 

शर्मा एमालेका महासचिव समेत रहेका पोखरेलाई भेट्न उनकै निवासमा पुगेकी हुन् । सो क्रममा शर्माले दाङको सम्बृद्धिमा सबैको रायसुझाव लिएर अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ । 

सो क्रममा पोखरेलले शर्मालाई बधाई तथा शुभकामना दिएको बताइएको छ । शर्माले निर्वाचनमा २६८८० मतका साथ विजय हासिल गरेकी थिइन् भने पोखरेल २६६८७ मत पाएर पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप