मकवानपुरमा कोदालोको बिँडले हानेर पुरुषको हत्या
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : १५
मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिङ स्याङ्तानको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले गैरिगाउँ घर भएका ३५ वर्षीय टाइसन गोलेलाई पक्राउ गरेको छ ।
आरोपीले कोदालोको बिडले हिर्काएर आइतसिंको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपी र स्याङ्तानको बिचमा आपसमा भनाभन हुँदा टाइसनले कोदालोको बिड प्रहार गरेका थिए ।
कोदालोको बिँडले हिर्काउँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागी काठमाडौँ स्थित ट्रमा सेन्टरमा ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय पालुङले अनुसन्धान गरिरहेको छ ।