टिजरमा यस्तो देखियो साम्राज्ञी ‘तिम्रो मेरो साथ’
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ०८
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक गरिएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजरमा माया, प्रेम र बदलाको कथाले प्राथमिकता पाएको छ ।
रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीको अलावा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्कबहादुर पुन (खबपु) लगायतको मुख्य भूमिका छ । पौडेलको यो निर्देशनमा डेव्यु फिल्म हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वयंको कथा, गीत र लगानी रहेको छ ।
सबिर श्रेष्ठ तथा बाबुराम निरौलाको लेखन रहेको फिल्म आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको हो । पासाङ लामा निर्माता रहेको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधीर पराजुली सह–निर्माताको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु