शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व माओवादीबाट एमालेका रायमाझी र साह मात्रै निर्वाचित

शुक्रबार, ०९ मङ्सिर २०७९, १८ : ४९
शुक्रबार, ०९ मङ्सिर २०७९

नेकपा एमालेबाट पूर्व माओवादीबाट टोपबहादुर रायमाझी अर्घाखाँची र ज्वालाकुमारी साह बारा ३ बाट मात्रै प्रतिनिधि सभामा चुनाव जितेका छन् । एमालेमा पूर्व माओवादीबाट सात जनाले टिकट पाएका थिए । तर, अन्तिमा २ जना निर्वाचित भए भने ५ जना पराजित भएका छन् ।  

एमालेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभामा चुनाव जितेका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाललाई झिनो मतान्तरले पराजित गरेका हुन् । रायमाझी माओवादी हुँदा तीन पटक र एमालेबाट एक पटक चुनाव जितेका छन् । यस्तै बारा ३ बाट ज्वालाकुमारी साहले जसपाका रामबाबुकुमार यादवलाई पराजित गरेकी छिन् । यसअघि प्रदेश सभा सांसद जितेकी साह एमालेबाट प्रतिनिधि सभा सांसदमा निर्वाचित भएकी हुन् ।  

यस्तै एमालेबाट लेखराज भट्ट कैलाली ४ बाट पराजित भएका छन् । भट्टलाई कांग्रसका विरबहादुर बलायरले पराजित गरेका हुन । माओवादीमा हुँदा दुई पटक निर्वाचित भएका भट्ट एमाले प्रवेश गरेपछि पराजित भएका छन् । यस्तै कैलाली ३ बाट एमालेका गौरीशंकर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले हराएका छन् । एमालेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीसँगको प्रतिस्पर्धामा तेस्रो स्थानमा पुगेर पराजित भएका छन् । यस्तै सिन्धुली २ बाट एमालेका मनोजजंग थापालाई माओवादीका राजन दाहालले हराएका छन् । थापा दाहालसँगको प्रतिस्पर्धामा फराकिलो मतान्तरले पराजित भएका छन् । 

यस्तै रोल्पाबाट पूर्णबहादुर बुढामगरले प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए । उनलाई माओवादीका वर्षमान पुनले फराकिलो मतान्तरले पराजित गरेका छन् । यस्तै  अछाम १ बाट झपटबहादुर बोहराले प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए । बोहरालाई एकीकृत समाजवादीका शेरबहादुर कुँवरले फराकिलो मतान्तरले पराजित गरेका छन् । बोहरा यसअघि माओवादीबाट प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए । 

यस्तै प्रभु साह रौतहट ३ बाट निर्वाचित भएपनि उनले एमाले छोडी सकेका छन् । साह स्वतन्त्र भएकाले एमालेबाट निर्वाचित भएको भन्न मिल्दैन । यद्यपि उनलाई भने माओवादीसहित सत्ता गठबन्धनले सघाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप