आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नाट्य संस्कृतिको विकास गर्न सरकार प्रतिवद्ध : मन्त्री श्रेष्ठ

शुक्रबार, ०९ मङ्सिर २०७९, १७ : ५१
शुक्रबार, ०९ मङ्सिर २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताएका छन् ।  शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि नाटकको प्रभाव बढी रहेको बताए । उनले कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने आवश्यक कुराहरुको लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।

मन्त्री श्रेष्ठले नेपाली रंगमञ्चमा नाट्यमेला, उत्सवहरुको अभाव भइरहेको बेलामा यो महोत्सवले कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । उनले नाट्य संस्कृतिको विकास गर्न र यसको स्थायित्व र नाट्यकर्मीको जीविकोपार्जन क्षेत्रलाई समृद्ध बनाउने कुरामा सहयोग प्रतिवद्ध रहेको पनि बताए । काठमाडौंमा आजबाट दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ शुरु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप