शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोट २ मा अर्जुन नरसिंह केसीको जीत सुनिश्चित

शुक्रबार, ०९ मङ्सिर २०७९, १७ : ०३
शुक्रबार, ०९ मङ्सिर २०७९

नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी विजयी बन्ने निश्चित भएको छ । करिब १२ हजार मत गन्न बाँकी रहँदा केसीले १० हजार १२५ मतको अग्रता बनाएका छन् ।

हाल मतगणना भइरहेको क्षेत्रमा पनि केसीको बलियो पकड रहेकाले उनले फराकिलो मतान्तरका साथ विजय हाँसिल गर्ने निश्चित भएको हो ।

हालसम्म ५४ हजार ७०० मत गणना सकिँदा केसीले २३ हजार ६१८ मत पाएका छन् भने एमालेका नारायण खतिवडाले १३ हजार ४९३ मत पाएका छन्।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले १२ हजार ६६२ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप