शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल लाइफले गर्‍यो ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी

शुक्रबार, ०९ मङ्सिर २०७९, १६ : ३२
शुक्रबार, ०९ मङ्सिर २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ  मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीको भनाई छ ।

कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ ।  यसै क्रममा नेपाल लाइफले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न आफू कटिबद्ध रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्ष २०७८÷७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।  सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत असोज मसान्तसम्ममा नेपाल लाइफको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको शेयरधनी कोषमा ११ अर्र्ब ३ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ । 

कम्पनीका अनुसार नेपाल लाइफमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० वटा बीमालेख जारी गरेको छ भने ग्राहकहरूको हितलाई ध्यानमा समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता कम्पनीले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप