मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका बहालवाला दुई राज्यमन्त्री पराजित

शुक्रबार, ०९ मङ्सिर २०७९, १६ : ३०
शुक्रबार, ०९ मङ्सिर २०७९

मधेस प्रदेशका बहालवाला दुईजना राज्यमन्त्री पराजित भएका छन् । मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादव र वन राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा पराजित भएका हुन् । जसपा नेपालबाट रौतहट क्षेत्र १ (ख) मा उम्मेदवार बनेका कृषि राज्यमन्त्री योगेन्द्र यादव पराजित भएका हुन् । उनले ६ हजार १० मत पाए ।

क्षेत्र १ (ख) बाट कुल १२ हजार ४८९ मत ल्याएर नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार राजेश चौधरीले ११ हजार ४०० मत पाएका थिए । त्यसैगरी रौतहट–३ (क) बाट एकीकृत समाजवादीका प्रदेशसभाका उमेदवार तथा राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा ७ हजार ६२२ मत प्राप्त गर्दै तेस्रो भए । (क) बाट स्वतन्त्र उमेदवार केशवराय चौधरी कुल १२ हजार २५५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमाले गठबन्धनमा जसपाकी पुजा चौधरीले कुल १० हजार १२३ मत प्राप्त गरेको क्षेत्र ३ का निर्वाचन अधिकृत मेघनाथ चापागाईंले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप