मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतद्वारा अमिताभ बच्चनको आवाज र अनुहार प्रयोग गर्न प्रतिबन्ध

शुक्रबार, ०९ मङ्सिर २०७९, १५ : ५२
शुक्रबार, ०९ मङ्सिर २०७९

दिल्ली उच्च अदालतले शुक्रबार दिएको आदेशमा अभिनेता अमिताभ बच्चनको आवाज र तस्विरको अनधिकृत प्रयोगमा प्रतिबन्ध लगाएको छ । अदालतको यस अन्तरिम आदेशमा  कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दोजुल्दो कुनै अन्य विशेषतासमेत प्रयोग गर्न नपाउने भनिएको छ ।

अमिताभ बच्चनले व्यक्तित्व अधिकारको सुरक्षाका लागि दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले ‘केबीसी लटरी’ मा संलग्नहरू सहित अन्य धेरैले ‘सेलिब्रेटीको रूपमा उनको प्रचार अधिकार’ को दुरुपयोग गरिरहेको आरोप लगाए ।

न्यायाधीश नवीन चावलाले आदेश सुनाउँदै भने, ‘अमिताभ बच्चन चर्चित नाम हो भन्नेमा कुनै शङ्का छैन । यो चरणमा उनलाई राहत नदिए अपूरणीय क्षति र अपमान हुनेछ ।’ न्यायाधीशले भने, ‘प्रथम दृष्टिले वादीको मुद्दाबाट अन्तरिम राहत दिनुपर्छ भन्ने मेरो विश्वास छ ।’

अदालतले टेलिकमका अधिकारीहरूलाई अमिताभको अधिकारको उल्लंघन गर्ने सामग्री दिने वेबसाइटलाई हटाउनका लागि कारवाही गर्न निर्देशन दिएको छ ।

अदालतले दूरसञ्चार सेवा प्रदायकहरूलाई कानुन उल्लंघन गर्ने खालका सन्देश पठाउने फोन नम्बरहरू ब्लक गर्न पनि आदेश दिएको छ ।

अमिताभको मुद्दा पेश गरिरहेका वरिष्ठ अधिवक्ता हरीश साल्वेले भने, ‘यो रोक मुद्दामा समावेश हुने व्यक्तिविरुद्ध मात्रै नभई अज्ञात पक्षविरुद्ध पनि लगाइयोस् जसले अमिताभ बच्चनको प्रचार अधिकारको शोषण गर्न सक्छन् ।’

उनका अनुसार लटरीत्रबाहेक अभिनेताको नामबाट डोमेन नाम पनि दर्ता गरिएको छ । यसमा ‘अमिताभ बच्चन भिडियो कल’ र उनको तस्बिर भएको टी–शर्ट पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप