मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित सांसद सिंहले लिए प्रमाणपत्र

शुक्रबार, ०९ मङ्सिर २०७९, १५ : ३८
शुक्रबार, ०९ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले आफू निर्वाचित भएको प्रमाण पत्र लिएका छन् ।  काँग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।  

काँग्रेस नेता सिंहले ७ हजार १४३ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए ।  त्यसैगरी कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का प्रदेशसभा १ का सांसद दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा २ का सांसद सुरजचन्द्र लामिछानेलाई पनि प्रदेशसभाबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले श्रेष्ठ र लामिछानेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रतिनिधिसभामा निर्वाचित सांसद सिंह र प्रदेशसभाका निर्वाचित सांसदद्धय श्रेष्ठ र लामिछानेलाई बधाई समेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप