बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटना भएको मोटरसाइकलमा एक किलो गाँजा फेला

शुक्रबार, ०९ मङ्सिर २०७९, १५ : २८
शुक्रबार, ०९ मङ्सिर २०७९

झापामा एक युवक १ केजी ५ सय ग्राम गाँजासहित पक्राउ परेका छन् ।  झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

कनकाई नगरपालिका(१ स्थित सडकमा मे.११ प २००३ नम्बरको मोटरसाइकल र प्र. १. ०१–०१३ प १६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्‍कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले प्र–१–०१(०१३ प १६८६ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लुकाई प्लाष्टिकको झोलामा ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उक्त मोटरसाइकलका चालक वीरेन्द्रलाई पक्राउ गरेको  थियो ।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप