५१ स्थानमा उम्मेदवारी दिएको लोसपा ३ सिटमा विजयी

विभिन्न ५१ सिटमा उम्मेदवारी दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ३ सिटमा विजयी भएको छ । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा लोसपाले ३ स्थानमा विजय हासिल गरेको छ । यस्तै गणना भइरहेका अन्य निर्वाचन क्षेत्र महोत्तरी ३ बाहेक अन्यमा लोसपा प्रतिस्पर्धामा देखिएको छैन ।
निर्वाचन आयोगका अनुसार महोत्तरी २ बाट शरतसिंह भण्डारी विजयी भएका छन् भने सर्लाही १ बाट रामप्रकाश चौधरी विजयी भएका छन् । यस्तै रुपन्देही १ बाट सर्वेन्द्रनाथ शुक्ला विजयी हुँदा अन्य स्थानमा भने लोसपाले अग्रता लिन नसकेको हो । महोत्तरी ३ मा उम्मेदवार रहेका लोसपाका अध्यक्ष महन्थ ठाकुर पछि परेका छन् । उनलाई जसपाका हरि नारायण यादवले पछि पारेका छन् । हरिनारायणको १२ हजार ४११ मत रहेको छ भने ठाकुरले ११ हजार ८३८ मत पाएका छन् ।
सत्ता गठबन्धनसँग तालमेल गर्दा लोसपाले ९ सिट भाग पाएको थियो । तालमेल नभएका क्षेत्रसमेत गरेर लोसपाले ५१ क्षेत्रमा उम्मेदवारी दिएपनि ३ सीमितमा सीमित हुने देखिएका हो ।
यी हुन् लोसपाका उम्मेदवार-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका
-
राजावादी आन्दोलन र माओवादी दायित्व
-
स्वास्थ्यमन्त्री पौडेलले भने– समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्नुस्
-
सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने
-
पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान
-
कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा