बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन

शुक्रबार, ०९ मङ्सिर २०७९, १४ : २६
शुक्रबार, ०९ मङ्सिर २०७९

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ४८ घन्टे ह्याकथन ‘एस इग्नाइट’ आयोजना गरेको छ । कलेज प्राङ्गणमा सम्पन्न भएको यस ह्याकथन यस प्रकारको अहिलेसम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दाबी गरेको छ । 

ह्याकथनमा उपत्यकाभित्र र बाहिर गरी १ सयभन्दा बढी व्यक्तिहरू सहभागी भएका यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वल्र्डलिंक, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको छ । 

‘विभिन्न क्षेत्रका युवा प्रतिभाहरूको क्षमता र समस्या समाधान गर्नको लागि उनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकारात्मक परिवर्तन ल्याउनेछ, हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौँ भन्ने उनीहरूको मनोबल वास्तवमै प्रशंसनीय छ, उनीहरूको उत्साहजनक सहभागिताले पक्कै पनि ह्याकथनलाई वास्तवमै सफल बनाएको छ,’ इभेन्ट लिड प्रज्वल श्रेष्ठले भने ।

एस इग्नाइटका मेन्टर मध्यका एक बेन्जिन दाहालले वास्तविक समस्याहरू समाधान गर्नको लागि विद्यार्थी एउटै प्ल्याट्फर्ममा आएर उनीहरुले गरेको सहकार्य सराहनीय रहेको बताए । ह्याकथनको सबैभन्दा राम्रो कुरा भनेको उनीहरू आफ्नो इनोभेसनमा मात्र सीमित नभै त्यो इनोभेसन आवश्यक हुने ठाउँमा पुर्याउन पनि उत्तिकै प्रयासरत रहेका दाहालको भनाई छ ।

प्रमुख अतिथि शाओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले युवाहरू आफैँले नेतृत्व लिएर युवाहरूकै लागि गरेको ह्याकथनमा आफूहरू पनि सहभागी हुन पाउँदा एकदमै खुसी लागेको बताए । आफ्ना नयाँ सोच र आइडियाहरूलाई कसरी समाधानमूलक तरिकाले व्यवहारमा उतार्न सकिन्छ भनेर मिलेर काम गरेको देख्दा साह्रै राम्रो लागेको उनको भनाई छ ।

एस इग्नाइटमा प्रथम स्थान टिम यारस युनिका बज्राचार्य, अनुज क्षेत्री, अश्मित रजौरे, रुजल आचार्य, सुबन श्रेष्ठ भएका थिए भने दोश्रो स्थान टिम पिएनपि बंशज पौडेल, नदिका पौडेल, क्रिश्बिन पौडेल र महिमा ढकाल भएका छन् । यस्तै, तेस्रो स्थान भने टिम टेली टबिज सुगम पौड्याल, रोशिश श्रेष्ठ, सिमोन प्रधानाङ्ग, समिर श्रेष्ठ, आयुशराज पाण्डे रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप