आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मतगणना जारी रहेका निर्वाचन क्षेत्रहरूमा कहाँ कसको अग्रता ?

शुक्रबार, ०९ मङ्सिर २०७९, १३ : १२
शुक्रबार, ०९ मङ्सिर २०७९

आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ११८ निर्वाचन क्षेत्रको नतिजा आउँदा कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।  यस्तै मतगणना जारी रहेका स्थानहरुमध्ये १४–१४ स्थानमा एमाले र कांग्रेसको अग्रता रहेको छ । 

जसअनुसार ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको  छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तामाङ, उदयपुर १ मा  नारायण खड्का, कपिलवस्तु २ मा सुरेन्द्रराज आचार्य, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, विष्णुकुमार कार्की, नुवाकोट २ मा अर्जुननरसिंह केसी, मोरङ ३ मा सुनिलकुमार शर्मा, दाङ ३ दीपक गिरी, सप्तरी २ मा तेजुलाल चौधरी, धनुषा ३ मा महेन्द्र यादव, महोत्तरी ४ मा महेन्‍द्रकुमार रायको अग्रता छ ।

यस्तै आम निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले ३२ स्थानमा जीत हासिल गर्दा १४ सिटमा अग्रता कायमै छ ।  पछिल्लो मतपरिणामअनुसार रुपन्देही १ मा छविलाल विश्वकर्माको अग्रता छ । यस्तै मोरङ १ मा घनश्याम खतिवडा, तेह्रथुममा विजय सुब्बा, इलाम १ मा महेश बस्नेत, पाल्पा १ मा नारायणप्रसाद आचार्य, काभ्रे १ मा रेशमबहादुर लामा, पाल्पा २ मा ठाकुरप्रसाद गैरे, इलाम २ मा सुवासचन्द्र नेम्वाङ्ग, मोरङ २ मा ऋषिकेश पोखरेल, रुपन्देही २ मा विष्‍णुप्रसाद पौडेलको अग्रता छ । 

यस्तै सुनसरी २ मा भीमप्रसाद आचार्य, कपिलवस्तु ३ मा मंगलप्रसाद गुप्ता, सुनसरी ३ मा भगवती चौधरी, सिरहा ३ मा लिलानाथ श्रेष्ठ र सुनसरी ४ मा जगदीश प्रसाद कुसियैतको अग्रता छ । यसैगरी प्रतिनिधिसभामा १२ सिट जितेको माओवादी केन्द्रको अझै ६ स्थानमा अग्रता रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार माओवादीका उम्मेदवारहरू गिरिराजमणि पोखरेल महोत्तरी १ बाट अगाडि छन् । यस्तै हुम्लामा छिरिङ डम्डुल लामा, नुवाकोट १ मा हितबहादुर तामाङ, कालिकोटमा महेन्द्रबहादुर शाही, बारा २ मा शिवचन्द्र प्रसाद कुशवाहा र सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता छ । 

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी १ मा अग्रता छ । ७ सिट जितिसकेको सो पार्टीबाट सुनसरी १ मा उम्मेदवार रहेकी गोमा तामाङले अग्रता बनाएकी हुन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीसहित साना पार्टी र स्वतन्त्र उम्मेदवारको पनि केही निर्वाचन क्षेत्रमा अग्रता छ । हालसम्म स्याङ्जा २, दोलखा र बाजुरामा मतगणना हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप