कास्कीको प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी

प्रतिनिधि सभा तर्फ कास्कीबाट ३ वटै क्षेत्र एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरे । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा ल्याएका हुन् ।
१ (क) र (ख)मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । (क) मा एमालेका खगराज अधिकारी विजयी भए भने (ख) मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भए ।
यस्तै, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । प्रदेश तर्फ भने एमाले कांग्रेसले एक÷एक सिट जितेका छन् । २ (क) मा पनि एमालेका भीम कार्की विजयी भए । यस्तै, २(ख) मा नेपाली कांग्रेसका विन्दु थापा विजयी भए ।
कास्की क्षेत्र नम्बर ३ पनि एमालेकै दामोदर बैरागी पौडेल विजयी भएका छन् । गण्डकी प्रदेश सभा तर्फ भने एमाले र कांग्रेसले एक÷एक सिट जितेका छन् । ३ (क) मा एमालेका गणेशमान गुरुङ र ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)