बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

प्रदीप ज्ञवालीले दिए चन्द्र भण्डारीलाई बधाई

शुक्रबार, ०९ मङ्सिर २०७९, १३ : ०७
शुक्रबार, ०९ मङ्सिर २०७९

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीलाई बधाई दिएका छन् । गुल्मी–१ बाट भण्डारीसँग पराजित भएपछि ज्ञवालीले आफ्नो जिल्लावासीहरुको सेवामा समर्पित हुने बताए ।
वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि गुल्मीबासीको प्रतिनिधिका रुपमा दुःख र सुखका हरेक पलमा साथमा दिने बताए । 

यस्तै उनले प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा रहेको पनि बताए । ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु ।’ कहाँ कमीहरु रहन भन्नेबारे समयक्रममा समीक्षा हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप