बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डोल्पा (ख) मा कर्णालीका बहालवाला पर्यटन मन्त्री शाही निर्वाचित

शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : ०४
शुक्रबार, ०९ मङ्सिर २०७९

कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भएका छन् ।  डोल्पा प्रदेशसभा (ख) बाट ५ हजार २९५ मतसहित उनी पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे । एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन् । 

निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन् । यहाँ राप्रपाका बौद्धसिंह कठायतले २८९ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप