शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ जना घाइते

शुक्रबार, ०९ मङ्सिर २०७९, ११ : १५
शुक्रबार, ०९ मङ्सिर २०७९

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो । 

उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो ।  यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः ३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो । यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप