रुपन्देही–५ मा खिमलालको टिकट खोसेका घिमिरेले कसरी मारे बाजी ?
रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे निर्वाचित भए । घिमिरे सत्ता गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भरतकुमार शाहलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
यो क्षेत्रमा नेकपा एमालेले सुरुमा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईलाई टिकट दिएको थियो । निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले समेत भट्टराईलाई सिफारिस पनि गरेको थियो । सोही आधारमा भट्टराईलाई राष्ट्रिय सभाबाट राजिनामा गर्न लगाएर उम्मेदवारी दर्ता गर्न लगाएको एमालेले घिमिरेलाई समेत टिकट दिइसकेको रहस्य खुल्यो । पार्टीले टिकट दिएपछि भट्टराई भन्दा अघि घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका थिए । अध्यक्ष केपी शर्मा ओलीले एउटै क्षेत्रमा दुई जनालाई टिकट दिएर उम्मेदवारी दर्ता गर्न लगाएको भन्दै त्यसवेला केही एमाले कार्यकर्ता आक्रोशित समेत बनेका थिए ।
पछि दोहोरो उम्मेदवारी परेको थाहा पाएपछि घिमिरेलाई उम्मेदवारी फिर्ता गर्न पार्टीले दवाव दिएपनि उनले उम्मेदवारी फिर्ता नगर्ने अडान लिए । घिमिरेले यस्तो अडान लिएपछि निर्वाचन ऐन अनुसार भट्टराईको उम्मेदवारीले मान्यता पाएको थिएन ।
अन्ततः एमाले अध्यक्ष ओलीले उक्त क्षेत्रमा भुलबस दुई जनालाई टिकट दिन पुगेको भन्दै घिमिरे नै आधिकारी उम्मेदवार रहेको विज्ञप्ति समेत निकाले । पार्टीले भट्टराईलाई फिर्ता बोलाएसँगै उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवारले जित्ने आँकलनविपरित घिमिरेले बाजी मार्न सफल भए ।
एमालेका घिमिरे र कांग्रेसका शाहको मतान्तरमात्रै ९ हजार ७०२ रहेको छ । घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदै निर्वाचित हुँदा शाहले २७ हजार १२० मत प्राप्त गरेका छन् । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए ।
आफ्नो टिकट खोसिए पनि पार्टीका उम्मेदवार घिमिरेलाई जिताउन खटिएकाले सफलता मिलेको भट्टराई बताउँछन् । ‘मैले आफ्नो कर्तव्य सम्झेर आफैँ ५ नम्बर क्षेत्रको चुनावी संयोजक भएर निर्वाचनमा खटेँ’, उनले भने,‘मिहेनत गरेअनुसार परिणाम पनि पार्टीको पक्षमा आयो ।’
भट्टराईले आफ्नो राष्ट्रिय सभा सदस्य पद गुमेपनि कुनै गुनासो नभएको बताए । ‘हामीले पार्टीका लागि काम गर्ने हो । मेरो यता पद गएपनि जिल्लामा गुम्न दिएनौ । यो हिसावले मलाई गुनासो छैन’, भट्टराईले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै