रिखिदेउ गाउँमा स्वास्थ्य इकाई स्थापना
सर्वसाधारणको स्वास्थ्यमा पहुँच विस्तारका लागि जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ । सामान्य स्वास्थ्य उपचारका लागि ४ देखि ५ घण्टा हिँडेर स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर हिमा गाउँपालिकाले वडा नम्बर २ रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।
स्वास्थ्य चौकी सरहको सेवा सुविधा दिने गरी गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । रिखिदेउ गाउँका स्थानीयलाई स्वास्थ्य सेवा सहज रूपमा दिने उद्देश्य छ। उनका अनुसार त्यो गाउँमा ३९ घरधुरी छन् ।
सामुदायिक स्वास्थ्य इकाई स्थापनाका कारण सिटामोलका लागि ४५ घण्टासम्म हिँड्नुपर्ने बाध्यता हटेकोमा स्थानीय उत्साहित छन् । स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि टाढा नहुन् भन्ने लक्ष्यका साथ दुर्गम गाउँमा स्वास्थ्य इकाई सुरु गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ