विश्वकपका भाइरल ‘मेट्रो म्यान’
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : २३

केन्याका २३ वर्षीय अबुबकर अब्बास यतिबेला कतार विश्वकपमा फुटबल समर्थकहरूको प्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
टेनिस अम्पायरको कुर्सीमा बसेर फोमको ठुलो औँलाले फुटबल समर्थकहरूलाई मेगाफोनको प्रयोग गरेर नजिकको मेट्रो स्टेसनको बाटो देखाउने उनको काम हो । उनले भन्ने ‘मेट्रो, यो बाटो ! मेट्रो, यो बाटो !’ यतिबेला चर्चित वाणी बनेको छ ।
‘हामी उनलाई मन पराउँछौँ, हामीलाई ‘मेट्रो म्यान’ मनपर्छ,’ एकजना फुटबल समर्थकले भने । अर्का फुटबल समर्थकले भनेका छन्, ‘मैले उनलाई टिकटकमा देखेको थिएँ । मलाई निकै रमाइलो लाग्यो । उनले मलाई हसाउँछन् । उनको काम कति सहज छ ।’
कतारको चर्चित सोक वाकिफ बजार पुग्ने फुटबल समर्थकहरूले आज भोलि उनीसँग कुराकानी गर्न पुग्ने गरेका छन् । उनका अन्य समकक्षीले पनि उनीसँग रमाइलो गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त