रणवीर र आलियाले छोरीको नाम राखे : हजुरआमा नीतु कपूरले दिएको नामको अर्थ यस्तो
रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम दिएकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको नामको अर्थ बताउँदै आलियाले राहाको अर्थ खुसी भएको बताएकी छन् । यसबाहेक राहा एउटा गोत्र पनि हो । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी हुन् ।
भट्टले नामको अर्थ बताइन्
आफ्नी छोरीको नामको बारेमा जानकारी दिँदै आलिया भट्टले आफ्नो सोशल मिडिया अकाउन्टमा लेखेकी छिन्, ‘राहा भनेको आनन्द हो । संस्कृतमा राहा भनेको गोत्र हो । बंगालीमा यसको अर्थ सान्त्वना र राहत हो । अरबीमा यसको अर्थ शान्ति हो । साथै यसका अन्य धेरै अर्थहरू पनि छन् – स्वतन्त्रता र आनन्द । उनलाई पहिलो पटक आफ्नो हातमा लिँदा हामीले यी सबै अर्थहरु महसुस गर्यौँ । हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीलाई धन्यवाद राहा । हाम्रो जीवन भर्खरै सुरु भएको जस्तो लाग्यो ।’
आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन्
आलिया भट्टले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् । आलियाले सामाजिक सञ्जालमा छोरीको आगमनको औपचारिक घोषणा गरेकी थिइन् । त्यस क्रममा आलियाले लेखिन्– ‘हाम्रो जीवनको सबैभन्दा उत्कृष्ट खबर तपाईंहरुमाझ साझा गर्न चाहन्छौँ । हाम्रो बच्चा यस संसारमा आएको छ र उनी निकै अद्भूत छिन् । यो खुशी व्यक्त गर्न निकै गाह्रो छ । हामी भाग्यमानी अभिभावक बनेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत