पहिलो प्रयासमै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, यी हुन् संसद प्रवेशको टिकट पाएका ७ उम्मेदवार
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : १०

पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो ।
सो पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट ४९ हजार २६४ मतका साथ विजयी भए । यस्तै चितवन २ बाट हरि ढकाल ३४ हजार १८९ मतका साथ विजयी हुँदा ललितपुर ३ बाट डा तोसिमा कार्की ३१ हजार १३६ मतका साथ विजयी भइन् ।
यसैगरी काठमाडौं २ बाट सोविता गौतम १५ हजार २३८ मतका साथ विजयी हुँदा काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मतका साथ विजयी भए ।
यस्तै काठमाडौं ८ बाट विराज भक्त श्रेष्ठ १ हजार ११२ मतका साथ जियी भए भने ७ बाट गणेश पराजुली विजयी भए । पराजुलीले ८ हजार ७४३ मत पाएर विजय हासिल गरेका हुन् ।
यस्तै सोही पार्टीकी गोमा तामाङले सुनसरी १ बाट अग्रता कायम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’