नेयमारको खुट्टामा चोट
बिहीबार राति सर्बियाविरुद्ध २–० को जीत हासिल गर्नेमा ब्राजिलका स्टार खेलाडी घाइते भएका छन् । चोटका कारण गोलिगाँठो सुन्निएपछि उनले मैदान छाड्दै उपचार गर्नुपरेको थियो । नेयमारले अन्तिम १० मिनेट साइडलाइनबाट खेल गर्नुपरेको थियो । त्यतिबेला मेडिकल स्टाफले उनको खुट्टाको उपचार गरेका थिए ।
खेलपछि टीमका डाक्टरले उनको गोलिगाँठोको चोट लागेको पुष्टि गर्दै यो कति गम्भीर छ भनेर पत्ता लाग्न २४–४८ घण्टासम्म पर्खनुपर्ने बताएका छन् । यता प्रशिक्षक टिटेले भने चोट गम्भीर नभएको र उनी मैदानमा फर्कने आशा व्यक्त गरे, ‘तपाईं ढुक्क हुनुहोस् नेयमार विश्वकपमा खेल्नेछन् ।’
सन् २०१४ मा आफ्नो देशमा भएको विश्वकपमा ढाडमा चोट लागेपछि उनले प्रतियोगिता गुमाएको थियो । सन् २०१८ को विश्वकपमा पनि ब्राजिलले निकै कमजोर प्रदर्शन गरेको थियो । यस प्रतियोगितामा भने ब्राजिल उपाधिको बलियो दाबेदार बनेर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
-
‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ह्युबर्ट बाल्स फन्ड पुरस्कार
-
ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने
-
ट्रम्पले बङ्गलादेशी हिन्दुबारे के लेखे ?
-
विराट कोहलीलाई कप्तान नबनाउन आरसीबीलाई सञ्जय मांजरेकरको सुझाव
-
आईपीएल २०२५ : यी खेलाडी भए ‘रिटेन’