पाल्पा २ मा ठाकुर गैरे जीत नजिक

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत पाल्पाको क्षेत्र नंं. २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले फराकिलो मतान्तर कायम गरेका छन् ।
उनले २५ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २१ हजार ४ सय ८४ मत प्राप्त गरेर दोस्रा स्थानमा छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।
यसैबीच पाल्पाको क्षेत्र नं. १ मा पनि एमालेका उम्मेदवार नारायण आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म आचार्यले २१ हजार ९ सय ४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२ हजार ७ सय ६१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पनि एमालेका आचार्यले फाराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । यस क्षेत्रमा ६४ हजार ४९१ मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण