बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : सरदार अजमुन, इरान

पोजिसन : फरवार्ड, उमेर : २७ वर्ष
शुक्रबार, ०९ मङ्सिर २०७९, ०९ : ३६
शुक्रबार, ०९ मङ्सिर २०७९

मेहदी तारेमी र सरदार अजमुनलाई इरानको फरवार्ड लाइनको दुई पाङ्ग्रा मानिन्छ । विगत सात वर्षदेखि उनीहरुले सफलतापूर्वक इरानको आक्रमणको नेतृत्व गर्दै आइरहेका छन् । 

तारेमी डिक्स बक्सको आसपास घुमिरहँदा अजमुनले भने आफ्नो भिमकाय शरीर र गोललाई पूर्वमानुमान गर्ने क्षमता प्रयोग गर्दै अवसरहरुलाई सदुपयोग गर्ने गर्छन् । आफ्नो देशमा सिनियर क्लब फुटबल नखेलेका अजमुनले आफ्नो सिनियर किरियर रसियन प्रिमियर लिग टोली रुबिन काजानबाट सूर गरे । 

त्यहाँ उनको युरोपियन फुटबलमा आफ्नो नाम स्थापित गर्न सफल भए । उनी च्याम्पियन्स लिगमा इरानबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । गत जनवरीमा २७ वर्षीय खेलाडी बुन्डेस लिगामा बायर लेभरक्युजनसँग आबद्ध भएका छन् ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा टोलीमा स्थान बनाउन नसकेका उनले सन् २०१५ मा अस्ट्रेलियामा भएको एएफसी एसियन कपमा आफूलाई स्थापित गराए । उनले कतारविरुद्ध समूह चरणमा उत्कृष्ट गोल गरेका उनले इराकविरुद्ध क्वार्टरफाइनलमा ३–३ को बराबरी गर्दा पहिलो गोल गरेका थिए । टोली सो खेलमा पेनाल्टीमा पराजित भएको छ । 

चार वर्षपछि युएईमा भएको प्रतियोगितामा उनी सबैभन्दा धेरै गोल गर्ने सूचीमा दोस्रो स्थानमा रहे । ४० गोल गर्दै उनी इरानका लागि सबैभन्दा धेरै गोल गर्ने तेस्रो खेलाडी छन् । प्रति खेल गोलको रेकर्डमा उनीभन्दा अघि महान् खेलाडी अली देइमात्र रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप