मोरङ ४(२) बाट कांग्रेसका भीम पराजुली निर्वाचित
![मोरङ ४(२) बाट कांग्रेसका भीम पराजुली निर्वाचित](https://rpcdn.ratopati.com/media/albums/vim_parajuli_wuliE06QW1.jpg)
मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत पाए ।
१ हजार ७८८ मतान्तरले पराजुलीले जित निकालेका हुन । यो जितसँगै पराजुलीले प्रदेशसभामा संसदको ढोका खोल्न सफल भएका छन् । पराजुली विराटनगर महानगरपालिका पूर्व मेयर पनि हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकाललाई हराउँदै विराटनगर महानगरपालिको मेयरमा निर्वाचित भएका थिए । त्यस बेला उनले एमाले नेता ढकाललाई ५ हजार ५१० बढी मत प्राप्त गरे मेयर भएका थिए । त्यसबेला पराजुलीले २३ हजार ३१ मत प्राप्त गरे भने ढकालले १७ हजार ३२१ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा अति दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
-
नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
-
अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकासा
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता
-
शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय
-
ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त