नुवाकोट–२ मा अर्जुननरसिंह केसीले बनाए फराकिलो अग्रता
शुक्रबार, ०९ मङ्सिर २०७९, ०७ : ४१

नुवाकोट क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले फराकिलो अग्ता बनाएका छन् ।
हालसम्म ४७ हजार ६४१ मत गनिसक्दा केसीले १९ हजार ९९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण खतिवडा १२ हजार ३ मतका साथ पछाडि छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ११ हजार ३८७ मत पाएका छन् । अब करिब १९ हजार मत गणना बाँकी हुँदा केसीको मतान्तर खतिवडासँग ७ हजार ९९४ रहेको छ ।