बारा ३ मा एमाले उम्मेदवार साह निर्वाचित
बारा निर्वाचन क्षेत्र नं ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी साह निर्वाचित भएकी छिन् । साहले २० हजार २५१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार साहले यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन् ।
बाराको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा साह निर्वाचित हुने पहिलो महिला हुन् । २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट बारा ३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएकी साहले बहालवाला प्रदेशसभा सदस्य पद रहँदैमा एमाले पार्टी प्रवेश गरेकी थिइन् ।
आसन्न निर्वाचनमा मधेशप्रदेशका ८ जिल्लामा एमाले जसपा उम्मेदवारबीच गठबन्धन हुदाँ बारा ३ मा भने एमाले उम्मेदवार साह र जसपा उम्मेदवार यादवबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । जसपा उम्मेदवार यादव बारा ३ को बहालवाला संघीय सांसद र जसपा मधेशप्रदेश अध्यक्ष समेत हुन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंहले भने ११ हजार ९६४ मत प्राप्त गरेका छन् ।
बारा निर्वाचन क्षेत्र नं ३ मा १ लाख ३ हजार १४८ मतदाता रहेका छन् । सो क्षेत्रमा ६६ हजार ९६६ मत खसेकोमा ३ हजार ३५१ मत बदर भएको निर्वाचन कार्यलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ