मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
शुक्रबार, ०९ मङ्सिर २०७९, ०५ : ५७
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
उनीहरु प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उहाँकी श्रीमती ४५ वर्षीय जयन्तीदेवी महतो घाइते हुनुभएको छ । घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुर स्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने