शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

फेरि वाम एकताको चर्चा

शुक्रबार, ०९ मङ्सिर २०७९, ०५ : ५०
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेका हुन् ।  'दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको छ, सम्भावित सहकार्यबारे कुराकानी भएको छ', माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप