राफेलको गोलमा पोर्चुगललाई ३–१ गोलको अग्रता
बिहीबार, ०८ मङ्सिर २०७९, २३ : ३०
विश्वकपको पहिलो खेलमा पोर्चुगलले घानामाथि ३–१ गोलको अग्रता बनाएको छ। पोर्चुगलका लागि राफेल लियोको गोलमा पोर्चुगलले ३–१ गोलको अग्रता बनाएको हो ।
उनले खेलको ८०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । यसअघि जाओ फेलिस्क र रोनाल्डोले गोल गरेका हुन् ।