आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत १ बाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, २१ : २४
बिहीबार, ०८ मङ्सिर २०७९

सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका छन् भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएर पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ बाट हृदयराम थानी यसअघि नै निर्वाचित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप