सर्लाही– ४ बाट अमरेशकुमार सिंह निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, २१ : १७

सर्लाही क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसबाट कारबाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन् । माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् ।
सिंह १७ हजार ७६८ मत ल्याएर विजयी भएका छन् भने कुमाल १६ हजार २२८ मत ल्याएर पराजित भएका छन् । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो । पार्टीबाट कारबाहीमा परेपछि सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए । अन्तमा कांग्रेसका आधिकारिक उम्मेदवार कुमाललाई हराएर सिंहले जितेका छन् ।