चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल
प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ ।
गत असोज २८ गतेदेखि भएको विशेष अनुगमनका क्रममा छापामाध्यमका ४५, टेलिभिजनका आठ, रेडियोका २६ सामग्री र अनलाइनका ७८ वटा समाचार सामग्री आचारसंहिताविपरीत पाइएको काउन्सिलले जनाएको छ ।
सात वटा वेब पोर्टल, एक समाचार संस्था र एक सञ्चारमाध्यमको सामाजिक सञ्जालमा आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ । सो अवधिमा २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत र २७ वटालाई स्पष्टीकरण सोधिएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए ।
अठार वटा सामग्रीका विषयमा मौखिक निर्देशन एवं ध्यानाकर्षण गराइएको र दर्ता/सूचीकरण नभएका सात वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।
मौन अवधिमा ५१ सञ्चारमाध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ । मतगणना चलिरहेको समयमा संयम रहन र आधिकारिक पुष्ट्याइँ गरेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै काउन्सिलले निर्वाचन सम्पन्न गर्न सञ्चारमाध्यमले निभाएको भूमिकाको प्रशंसा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ