बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङ १ बाट राजेन्द्र पाण्डे निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, २० : ३०
बिहीबार, ०८ मङ्सिर २०७९

नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । 

पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ५६ मत ल्याएर तेस्रो भएका छन् । धादिङ २ बाट कांग्रेस नेता रामनाथ अधिकारी यसअघि निर्वाचित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप