बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाको ‘ह्याट्रिक’

बिहीबार, ०८ मङ्सिर २०७९, २० : २५
बिहीबार, ०८ मङ्सिर २०७९

हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । 

बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ। यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरे । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका थिए भने ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए ।

डोल्पामा व्यक्तिगत रुपमा बलिया रहेका उनले आफ्नै पूर्वसहकर्मीलाई पराजित गरेका हुन् । बुढा तीनै व्यक्ति हुन् जो ०७० मा दोस्रो संविधानसभाको निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप