शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोप फ्रान्सिसको घुँडाको उपचारको लागि एट्लेटिको म्याड्रिडका चिकित्सक बोलाइए

बिहीबार, ०८ मङ्सिर २०७९, २० : २२
बिहीबार, ०८ मङ्सिर २०७९

स्पेनिस फुटबल क्लब एट्लेटिको म्याड्रिडका प्रमुख चिकित्सकलाई भ्याटिकनले पोप फ्रान्सिसको घुँडाको चोटको उपचार गर्न बोलाएको छ । अर्थोपेडिक शल्यक्रिया र ट्रमाटोलोजीमा विशेषज्ञ जोसे मारिया भिलालोनले स्पेनी रेडियो स्टेशन सीओपीईसँगको कुराकानीमा उनी पोप फ्रान्सिसको उपचारका लागि भ्याटिगन गएका विशेषज्ञ समूहको हिस्सा थिए ।

‘स्पेनस्थिति भ्याटिकनका एपिस्कोपल कन्फरेन्स र एपोस्टोलिक नुनसिएटर दुवैले हामीलाई पोपको उपचारको लागि आग्रह गर्‍यो । हामीसँगको भेटमा पोप ह्वीलचेयरमा थिए र हामी उनलाई सताइरहेको वाथलाई सुस्त बनाउने र हिडडुलमा सघाउनेबारेमा विचार गरिरहेका छौं,’ एट्थेटिको म्याड्रिडका प्रमुख चिकित्सक भिलालोनले भने । 

पोप फ्रान्सिसलाई दाहिने घुँडामा दुखाइको समस्या उत्पन्न भएको कारण अक्सर हिड्ने लठ्ठी र कहिलेकाहीँ ह्वीलचेयर प्रयोग गरेको देखिन्छ । स्वास्थ्य समस्याकै कारण यो वर्षको सुरुमा, ८५ वर्षीय वृद्ध पोपले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र दक्षिण सुडानको यात्रा रद्द गर्नुपरेको थियो । चिकित्सकले त्यस बेला उनलाई २० दिनको थेरापी र आराम नगरे क्यानाडाको यात्रा पनि गुमाउन सक्ने बताएका थिए । जुलाईमा रोयटर्ससँगको एक अन्तर्वार्तामा, पोप फ्रान्सिसले पहिलो चोटि चोटको बारेमा कुरा गरे । उनले लिगामेन्ट सुन्निएको बेला गलत कदम चालेका घुँडामा ‘सानो फ्राक्चर’ भएको बताएका थिए । 

भिल्लालोनले सीओपीईलाई पोप फ्रान्सिस अहिले ‘विभिन्न जोर्नीहरूलाई असर गर्ने वाथ’बाट पीडित भएको बताए । भिल्लालोनले भेटमा पोप निक्कै दयालु, कृतज्ञ र मनोवैज्ञानिक रूपमा एकदम स्पष्ट व्यक्त भएको वर्णन गरे । साथै उनी फुटबलप्रेमी रहेको पनि खुलाए । भिल्लालनले आफू एट्लेटिको म्याड्रिडका लागि काम गर्ने बताएपछि पोप फ्रान्सिसले एटलेटी र अर्जेन्टिनाका फरवार्ड एन्जेल कोरियाको चर्चा गरे । पोप अर्जेन्टिनाका समर्थक रहेको उनले खुलाए । 

भिल्लालनका अनुसार पोप ‘रमाइलो रोगी’ भए पनि पोप फ्रान्सिस केही शल्यक्रियात्मक समाधानमा जान भने जिद्दी रहेको बताए । पोप फ्रान्सिसले रोयटर्सको अन्तरवर्तामा उनी आफ्नो घुँडाको शल्यक्रिया गर्न नचाहेको बताएका थिए । गत वर्ष उनको आन्द्राको भाग निकाल्न प्रयोग गरिएको एनेस्थेटिकको ठूलो नकारात्मक साइड इफेक्टका कारण उनी ग्रस्त छन् ।-सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप