शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन–३ मा पाण्डेको फराकिलो अग्रता

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : २९
बिहीबार, ०८ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राप्रपा नेता विक्रम पाण्डेले फराकिलो अग्रता बनाएका छन् । ५५ हजार ८१० मत गन्दा पाण्डेले २१ हजार १८० मत ल्याएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले १३ हजार १२९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १० हजार ५३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार ९७४ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप