शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका निर्वाचित सांसदहरुलाई बालेनले दिए बधाई, भने– सहकार्यका लागि आतुर छु

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : २५
बिहीबार, ०८ मङ्सिर २०७९

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएका छन् । शाहले निर्वाचित सांसदहरूसँग सहकार्य गरेर  महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन आफू आतुर रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।  काठमाडौँ महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन  ,फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । 

काठमाडौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन तपाईंहरु सबैको साथ आवश्यक हुनेछ । तपाईंहरुसँग सहकार्य गरी काठमाडौँ बनाउन हामी आतुर छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप