शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्घात गरेको भन्दै कृष्ण केसीको घरमा कांग्रेस कार्यकर्ताको नाराबाजी

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : १७
बिहीबार, ०८ मङ्सिर २०७९

आफ्नै उम्मेदवारलाई हराउन लागेको भन्दै कांग्रेस कार्यकर्ताले कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका छन् । बिहीबार बेलुका पोखरा–१३ बाँझापाटनमा पुगेर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

केसीमाथि कास्की–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र कास्की १ ९२० मा कांग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ हराउन एमालेसँग मिलेको आरोप लगाइएको छ । बराल एमालेका उम्मेदवार मनबहादुर गुरुङभन्दा पछि परेका छन् । कांग्रेस कार्यकर्ताले केसीको घरमा पुगेर ढुंगामुढा गरेको गरेको कृष्ण केसी समूहका एक नेताले बताए । 

बिहीबार बिहान कास्की मादी गाउँपालिकाका सभापति यम गुरुङले कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन भनेको भन्दै आफ्नो घरमै कार्यकर्ता आइपुगेको स्ट्याटस लेखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप