बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत १ (ख) मा माओवादीका जिसी निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : ०३
बिहीबार, ०८ मङ्सिर २०७९

सुर्खेत १ (२) मा पनि माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी निर्वाचित भएका हुन् । 

जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शर्माले १६ हजार ३१६ मत प्राप्त गरे । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जिसी र शर्मा दुबैजना पहिलो पटक संसदीय निर्वाचनमा भाग लिनेमा पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप